बैशाख २७,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवा महेश बस्नेत बिकाश निर्माणको काममा सक्रिय छन् । शुक्रबार सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट वडा नं ७ गुण्डु जाने सडकको कालोपत्रसहित विस्तार कार्यको शिलान्यास गरे । भक्तपुर निर्वाचन २ नम्बरबाट लोकप्रीय मत साथ उनी बिजयी भए । नेकपाका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री रहेका बस्नेतले डिभिजन सडक कार्यालय भक्तपुरको रु पाँच करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक विस्तारसँगै २० फिट चौडाइ सडकमा कालोपत्र, फुटपाथ र नाली निर्माणसमेत गरिने भएको छ ।
कार्यक्रममा सांसद बस्नेतले भक्तपुरको विकास तीव्रगतिमा भइरहेको बताउँदै उनले भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाइने बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटालगायतले यो सडक निर्माणसँगै गुण्डुको विकासमा ठूलो टेवा पुग्ने बताए ।