तपाईको यो साताको राशिफल यस्तो छ

109

मेष

परिस्थितिले मन मिल्ने व्यक्तिसँग भेटघाट गराउनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि सप्ताहन्तमा पुनः उत्साह जाग्नेछ ।

वृष

आर्थिक अभावले छट्पटिँदा बोलीको मधुरताले उक्त संकट परास्त गर्न सकिनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । सवारी साधन चलाउँदा होस पुर्‍याउनुहोला ।

मिथुन

ईष्या गर्नेहरूलाई पुरुषार्थी काम गरेर देखाउन सकिनेछ । अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । दिगो फाइदा हुने काम वा नोकरी प्राप्त हुनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ ।

कर्कट

लामो तथा छोटो दूरीको यात्रामा समय खर्चनुपर्नेछ । घरेलु काममा अलमलिँदा महत्वपूर्ण कार्य ओझेलमा पर्न सक्छ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ ।

सिंह

पारिवारका ज्येष्ठ सदस्यहरूको सुझावबाट समस्या पहिचान गरी त्यसको समाधान खोज्न सकिनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना गर्न छाडेका छैनन । जोडी नम्बरको सवारी साधन तथा रातो रंगको पहिरनले यात्रा सहज बनाउने देखिन्छ ।

कन्या

टाढा रहेका साथीहरूसँग बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ ।

तुला

आलोचना गर्नेहरूले स–साना त्रुटि औंल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरले बनिसकेको काममा दुविधा उत्पन्न गराउन सक्छ । सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्‍याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ ।

वृश्चिक

विपक्षीहरू प्रतिष्ठामा ठोस पुर्‍याउन गुप्त रूपमा सलबलाउनेछन् । अभिभावकहरूले दिएको सुझाव मनन गरी चल्न सके आफैंलाई फाइदा हुनेछ । केही समय रोकिएर धैर्यपूर्वक गरिएका कार्यले उचाइमा पुर्‍याउनेछ । हतारले दुर्घटना निम्तिन सक्छ, विवेक पुर्‍याउनुहोला ।

धनु

लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । विपरीत लिंगीले प्रेम प्रस्ताव राख्ने सम्भावना छ, निर्णय गर्न ढिलो नगर्नुहोला । पहेंलो रंगलाई प्राथमिकता दिए मनमा उत्साह सञ्चार हुन सक्छ ।

मकर

ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । साताको अन्त्यमा यात्रामा हुने भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ ।

कुम्भ

प्रतिकूल अवस्थामा अरूको मुख ताक्दा पछि परिएला । नयाँ काममा लगानी गर्दा अभिभावकहरूको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूरसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना छ । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ ।

मीन

आफ्नो सफलतालाई अझ माथि लान मन मिल्ने साथीभाइको सुझाव आत्मसात् गर्नुहोला । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ । -साप्ताहिकबाट साभार