वैशाख २५,
काठमाडौं । नेपालका विद्युत प्राधिरकणले भन्दै आएको छ,‘नेपाल विजुलीमा आत्मनिर्भर हुँदै गयो भने भारतबाट हुने इन्धन आयात घट्दै जान्छ ।’ तर, यो साच्चिकै सम्भव छ भन्नेमा धेरैलाई विश्वास छैन । तथ्यांकले यो वर्ष पेट्रोलियम इन्धन आपूर्तिमा भइहरेको वृद्धिदरमा भने ब्रेक लागेको देखाएको छ ।
अनलाइन खबर लेख्छ, भन्सार अधिकारीका अनुसार यो वर्षको तेल आयातको तथ्यांकले प्राधिरकणको दावीलाई बल दिन्छ र सकारात्मक संकेत पनि गर्छ ।
सरकारी विश्लेषण अनुसार विजलीको आपूर्ति नियमित र विश्वसनीय हुँदा भारतबाट हुने पेट्रोलियम तेल र ग्यासको आयात बढ्ने दरमा असर पर्ने संकेत देखिएको हो । पछिल्ला अढाई वर्षमा नेपाल विजुलीमा हुने लोडसेडिङमुक्त छ । यो अवस्थामा विजुलीको खपत बढाउँदै प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थालाई नाफामा लगेका छन् । उनले भविष्यमा विद्युत मार्फत ग्यासको प्रयोग ठूलो मात्रामा घटाउन सकिने बताउँदै आएका थिए ।
तर, अघिल्लो वर्षसम्म प्राधिरकणले दावी गर्ने जस्तो तेलको आयातमा प्रभाव पर्ने खालको कुनै छाँटकाट देखिएको थिएन । यो वर्ष भने तेलको आयातको वृद्धिदरमा विजुलीको नियमति आपूर्तिले प्रभाव परेको निश्कर्षमा भन्सार अधिकारीहरु पुगेका छन् । आयल निगम भने तत्तकालै पेट्रोलियम पदार्थको आयात घट्छ भन्ने र्तामा दम देख्दैन । आयल निगमका अधिकारीहरुका अनुसार नेपालमा भारतबाट हुने इन्धन आपूर्ति तत्कालै घट्न अवस्थामा छैन । पेट्रोलियम पदार्थको आयातमा यो वर्ष पनि वृद्धि भइरहकै छ ।
तर, भारतीय नाकाबन्दी लागेको वर्षबाहेक इन्धन आपूर्तिको वृद्धिदरमा यो वर्ष मात्र ठूलो प्रभाव परेको भन्सार विभाग बताउँछ । विभागकी उपमहानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार यो आर्थिक वर्षमा इन्धन आपूर्तिबापत बाहिरने रकमको वृद्धिदरमा गिरावट आएको छ भने भन्सार असुलीको दरमा हुने वृद्धिमा पनि प्रभाव पारेको छ । नेपालले भारतीय आयल कर्पोरशेसँग तेल किन्दै आएको छ । निगमले महिनामा २० अर्ब तेल कारोबार गर्छ । गत आर्थिक वर्षमा मात्र नेपालले करिब २७ लाख किलोलिटर इन्धन गरेको थियो । यसबापत करिब १ खर्ब ६० अर्ब रुपैयाँ बाहिरिएको थियो । गत वर्षको तथ्यांकअनुसार परिमाणका आधारमा आयात २० प्रतिशतले बढेको थियो । -onlinekhabar