Thursday, October 1, 2026
Home उर्जा माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् परीक्षण सम्पन्न

माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् परीक्षण सम्पन्न

129

बैशाख १७,
काठमाडौं -माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सम्पूर्ण परीक्षण सम्पन्न भएको छ । रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।

नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनाबाट विद्युच उत्पादा शुरु गर्न सक्ने अवस्थामा पुर्याएको बताउनु भएको छ । उहाँले भन्नु भयो ‘वैशाखभित्र व्यवसायिकरुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुने छ।’

त्यस्तै दोस्रो युनिटको असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ।