अनमोल र सुहाना झरनाको ‘भागवत गीता’ बन्दै !

259

वैशाख १५,
काठामाडौं । फिल्म ‘ए मेरो हजुर ३’ मा युवा स्टार अनमोल केसी र नव नायिका सुहाना थापाको जोडीलाई दर्शकले रुचाए । पहिलो फिल्मबाट दर्शकको नजरमा परेको यो जोडी पुनः पर्दामा दोहोरिने सम्भावना देखिएको छ । निर्देशक झरना थापा स्वंयले अनमोल र सुहानाको जोडी दोहोरिने संकेत दिएकी छन् ।आइतबार अनमोल र सुहानासँगको तस्बिर आफ्नो फ्यान पेजमा सेयर गर्दै झरनाले फ्यानका लागि खुसीको खबर दिएकी हुन् । ‘मेरा ‘भागवत गीता’ सँग’ झरनाले फोटोमा क्याप्सन लेखेकी छन् । उसो त भगवत गीत प्रदर्शनरत फिल्म ए मेरो हजुर ३ अगावै निर्माण गर्ने चर्चा थियो । सम्भवतः मेरो हजुर ३ को सफलतापछि झरना र निर्माता सुनिल कुमार थापा नयाँ फिल्मको तयारीमा जुटेका हुन् ।

तर अनमोल र सुहाना नै ‘भागवत गीता’ का मुख्य कलाकार हुन् भन्ने निक्र्योल चाहिं भैसकेको छैन् । यद्पी झरनाले अनमोल र सुहानाको जोडी दोहोरिने सम्भावना भने रहेको बताएकी छन् । अनमोलले हाल कुनै पनि फिल्म साइन गरेका छैनन् । उनले ६ महिना ब्रेक लिने बताएका छन् । सुहाना प्रोडक्सनको पनि भगवत गीता अर्को सालको प्रोजेक्ट हो । Ramailochha.com