धनुषामा हावाहुरी, दुई जनाको मृत्यु

59

वैशाख १५,
काठमाडौं । जनकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । शनिबार राति आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो । थप विवरण आउन बाँकी छ ।