वैशाख ८, बीबीसी,
काठमाडौं । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा विस्फोटन हुँदा धेरै मानिसहरू हताहत भएको विवरण प्राप्त भएको छ।गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएको बताइएको छ। प्रारम्भिक जानकारीका अनुसार विस्फोटनमा परेर कम्तीमा २० जनाको ज्यान भएको छ भने दुई सय जनाभन्दा बढी मानिसहरू घाइते भएका छन्। आइतवार कोच्चिकाडे, कटुवापिटिया र बट्टिकलोआस्थित गिर्जाघरमा आइतवार बिहान विस्फोटन भएको थियो। मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ।
यसअघि नाम उल्लेख नगरिएको एक स्रोतलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले कम्तीमा ८० घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको थियो। इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ।