Friday, October 2, 2026
Home ताजा अपडेट जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईको मृत्यु

जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईको मृत्यु

229

चैत २८
बुटवल –गुल्मीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका(१ पौदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको छ।

भण्डारी २०४८ सालमा गुल्मी (३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। जीप सडकबाट १ सय मिटरभन्दा तल खसेको थियो। दुर्घटनामा अन्य ८ यात्रु घाइते भएका छन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।