चैत २३,
भक्तपुर । राष्ट्रको सेवा गर्न चाहानेहरुका लागि धेरै काम हुन्छन् । तर एकाथरी मानिसहरु सुरक्षा फौजमा सहभागी भएर देशको रक्षक बन्न चाहान्छन् । यहिँ अनुसार गत जेठमा सशस्त्र प्रहरी जवान पदकालागि छनोट हुन सफल व्यक्तिहरुले आइतबार ३७ हप्ताको तालिम पुरा गरेका छन् । भक्तपुर दुवाकोट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीमा ७५ तालिमबाट दिक्षित भएका हुन् । सि.स २२६ (ढ) स.प्र.ज.आ.भू. तालिमको दिक्षान्त समारोहमा उत्कृष्ठ प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले पुरस्कार प्रदान गरे ।
३७ हप्तका तालिममा ७५ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उनीहरुलाई युद्धकला,फिल्ड क्रफ्ट, म्याद रिडिङ्ग, भिड नियन्त्रण, उत्प्रेरण, निर्वाचन सुरक्षालगायतका विषयमा तालिम तथा प्रवचन दिएको छ ।
उक्त तालिमा सर्वप्रथम सशस्त्र प्रहरी जवान दीपक पुन मगर, कवाज प्रथम सशस्त्र प्रहरी जवान रोशन पुरी, चाँदमारी प्रथम बिजय बाबु कार्की र सहिष्णुता प्रथम सशस्त्र प्रहरी जवान बिर बहादुर खत्री भएका छन् ।