जसिताले किन छाड्नि फिल्म ‘रातो टिका निधारमा’ ?

267

चैत २४,
काठमाडौँ -प्रदर्शनरत फिल्म ‘लभ स्टेशनकी’ नायिका जसिता गुरुंगलाई फिल्म ‘रातो टिका निधारमा’ खेल्न अस्विकार गरिएको थियो । निर्माता तथा निर्देशक अशोक शर्मासँग पारिश्रमिकमा चित्त नबुझेपछि जसिताले फिल्म नगरेको फिल्म नगरीमा चर्चा थियो । जसिताले ‘रातो टिका निधारमा’ खेल्न दश लाख डिमान्ड गरेको खबरले निकै चर्चा पायो ।

जसितासँग पारिश्रमिकामा कुरा नमिलेपछि शर्माले साम्राज्ञी आरएल शाहलाई अनुबन्धित गराए । ‘रातो टिका निधारमा’ बाट साम्राज्ञीले १६ लाख पारिश्रमिक लिएको निर्माता शर्माको भनाई छ । के पारिश्रमिक नमिलेरै जसिताले रातो टिका निधारमा छोडेकी हुन् त रु शनिबार गोपिकृष्ण हलमा जसिताले भनिन्, ‘ मिडियामा पारिश्रमिकको कुरा नमिलेर फिल्म छाडेको भन्ने कुरा आएको थियो । जहाँसम्म पारिश्रमिक कुरा छ, मैले त्यो भन्दा धेरै मागेको पनि हुन् सक्छ, थोरै मागेको पनि हुन सक्छ । साम्राज्ञीले पाएपनि मैले पाएपनि केहि फरक पर्दैन । उनले थपिन्, ‘तर मैंले पारिश्रमिकको कारण फिल्म छाडेको होइन । मलाई स्क्रिप्ट पनि मन परेको थियो तर त्यो भुमिकामा आफुलाई ढाल्न सक्छु जस्तो लागेन । उहाँहरुले अफर गर्नु भएको भुमिकाको लागि म अहिले तयार भएको छैन ।’

‘लिलिबिली’ फिल्मबाट डेब्यु गरेकी जसितालाई सम्भावना रहेकी नायिकाको रुपमा हेरिन्छ । उनको ‘लभ स्टेसन’ दोस्रो फिल्म हो । फिल्ममा उनले आफ्नो भूमिकालाई न्याय गरेकी छन् ।Ramailochha.com