किन भने भारतका ६ सय बढी कलाकारले मोदीको पार्टी भाजपालाई भोट नहालौं भनेर ?

156

एजेन्सी,चैत २४,
मुम्बई -भारतका ६ सय बढी कलाकारहरूले भारतमा हुन गइरहेको आगामी चुनावमा सत्तासीन भारतिय जनता पार्टी (भाजपा)लाई भोट नहाल्न अपिल गरेका छन्। उनीहरूले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगलीपनाका शक्तिलाई पराजित गर्न’ भन्दै भाजपा विरोधी आव्हान गरेका हुन्।

संयूक्तरूपमा जारी गरिएको एक वक्त्व्यमा उनीहरूले भारतीय मतदाताहरूलाई ‘संविधानको र समधर्मी, धर्मनिरपेक्ष लोकाचारको रक्षार्थ’ बिजेपीलाई भोट नगर्न आग्रह गरेका छन्।

६०० कलाकारको यस जम्बो सुचिमा अमोल पालेकर, अरून्धति नाग, अस्ताद देबू, अर्सिया सत्ताट, डेनिश हुसौन, गिरिश कर्नाद, नसरूद्धिन शाह, एम के रैना। कविथा लंकेश, कोनकोना सेन शर्मा, लिलेटे दूबे, मल्लिका तनेजा तथा नभतेज जोहर रहेका छन्।

‘धार्मिक संप्रदायवाद, संकीर्णता, संकीर्णता र तर्कहीनताका शक्तिहरू विरूद्ध भारतका रंगकर्मीहरूको लामो र गौरवशाली परम्परा रहेको छ’, अपिलमा भनिएको छ, ‘हामी धर्मनिरपेक्ष, लोकतांत्रिक, समावेशी र मात्र भारतको कल्पना गर्छौ।’ त्यस्तै उनीहरूले आफूहरूको सो कल्पना खतरामा परेको जनाएका छन्। ‘आज गीत, नृत्य र हाँसो खतरामा छन्। आज हाम्रो संविधान खतरामा छ। तर्क , बहस र असंतोषलाई निसासिने गराइँदैछ।’

अपिलमा उनीहरूले आगामी चुनाबलाई स्वतन्त्र भारतको इतिहासको सबैभन्दा संवेदनशील चुनावसमेत भनेको छ। अपिलमा रंगकर्मीहरूले चुनावबाट प्रेम, समानता तथा सामजिक न्यायलाई पक्षपोषण गर्दै अन्धकार र बर्बरताका शक्तिहरूलाई पराजित गर्नका लागि भोट गर्नुपर्ने जनाएका छन्।

‘हाम्रो अपिल( कट्टरता, घृणाको विरूद्ध। त्यसैले बिजेपी र उसका सहयोगी विरूद्ध भोट हालौं.. धर्म निरपेक्ष, लोकतान्त्रिक, समावेशी भारतका लागि भोट दिऔं…बुद्धिमत्तापूर्वक भोट हालौं’, अपिलमा उल्लेख छ। सेतोपाटी