चैत २१,
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको छ । केन्द्र र प्रदेश सरकारबीच कतिपय कुरामा विवाद जारी रहेको अवस्थामा भएको यो छलफललाई महत्वका साथ हेरिएको छ ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशनसमेत दिने बुझिएको छ ।