काँग्रेसका सांसदले २ दिनको तलब पीडितलाई सहयोग गर्ने

90

चैत १८,
काठमाडौँ– नेपाली काँग्रेसका सांसदहरुले राहत स्वरुप दुई दिनको तलब बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावितहरु पीडितलाई सहयोग घोषणा गरेका छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सामेबार एक विज्ञप्ति जारी गर्दै बारा पर्साका हावाहुरी प्रभावितलाई संघीय संसदका प्रतिनिधिहरुले दुई दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने जनाएका छन् ।

यस अघि नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक तलब सहयोग गर्ने घोषणा गरेका थिए ।