‘कलिङ भिसा’ लागेकाहरुले भोलिदेखि मलेसियाको लागी श्रम स्वीकृति पाउने

90

चैत १७
काठमाडौँ -मलेसियाको लागी पहिलेनै कलिङ भिसा पाइसकेकाहरूले भोलिदेखि मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन्। श्रम स्वीकृति पाउनका लागि भने वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचाललाई पत्र लेख्दै भोलिदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको छ। वैदेशिक रोजगार विभागले मलेसियन राजदुतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ।

भोलिदेखि कलिङको लागि खुलेपनि नयाँको लागि भने एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए।‘आज विभागसँग भएको छलफलमा भोलिदेखि कलिङ भिसाका लिएकाहरुलाई भोलिदेखि श्रम स्वीकृति दिने सहमति भएको छ नयाँका लागि एक महिना लाग्ने छ’ उनले भने,‘संघको तर्फबाट गर्ने सहयोग हामी गर्छौ।’

अहिलेसम्म नेपाल सरकारको तथ्यांकअनुसार ७ हजार नेपालीले यस्तो भिसा लिसकेका छन् तर सरकारले श्रम स्वीकृति रोकिराखेकाले जान पाएका थिएनन्।