चैत् १४,
काठमाडौं -जंगी अड्डाले सैनिक प्रवक्ता यामप्रसाद ढकालसहित १२ जना सहायकरथीको सरुवा गरेको छ । सैनिक प्रवक्ता सहायकरथी (ब्रिगेडियर जनरल) ढकाललाई पूर्वी पृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा गरिएको हो । नयाँ सैनिक प्रवक्तामा विज्ञानदेव पाण्डेलाई ल्याइएको छ ।
जंगी अड्डाले सहायकरथीहरु दामोदर थापालाई उपत्यका पृतनामा, रामनाथ ढुंगानालाई पोखरा पृतनामा, होमनाथ दवाडीलाई ५ नम्बर बाहिनीमा सरुवा गरेको छ ।
यसैगरी, अर्जुनन श्रेष्ठलाई राष्ट्रिय निकुञ्ज निर्देशनालय, हिरालाल जोशीलाई शान्ति सेना निर्देशनालय, सुशील भण्डारीलाई १९ बाहिनी, सागर केसीलाई कल्याणकारी निर्देशनालयको निर्देशकमा, योगराज शर्मालाई सम्भाररथीको कार्यालयमा सरुवा गरिएको छ ।
कुमार लामालाई सैनिक गुप्तचर महानिर्देशनालय र दीपक बानियाँलाई २४ बाहिनीमा सरुवा गरिएको छ । प्रधानसेनापतिको कार्यालयमा महासेनानी टंक भट्टलाई जिम्मेवारी दिइएको छ ।