चैत ११,
काठमाडौँ -‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता घनश्याम श्रेष्ठ ‘पुष्कर’ पक्राउ परेका छन् । पूर्वी कमान्डअन्तर्गतको कोशी ब्युरो संयोजकका रुपमा रहेका श्रेष्ठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेकपाका नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्ने सिलसिलामा प्रहरीले उनीहरुलाई पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरी, मोरङ क्षेत्रबाट पक्राउ गरेको हो । यसअघि प्रहरीले सो पार्टीका मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ र उनका सहयोगीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका श्रेष्ठ द्वन्द्वकालीन समयमा माओवादीका ब्युरो सदस्य थिए । उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्वअध्यक्षसमेत हुन् ।














