चैत १०,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा सांसद महेश बस्नेतले भक्तपुरलाई सुन्दर, शान्त र विकशित बनाउन विभिन्न योजना बनाई रहेका छन् । भक्तपुरमा जापानले बनाइदिएको फरक सडक मात्र होइन, पर्यटक पर्वद्धन, जनताको जिवन स्तर उकास्ने, विकाशका कार्य गर्ने बस्नेतको योजनाले पूर्णता पाए भक्तपुर आगामी पाचँ वर्षमा नेपालको सबैभन्दा सुन्दर जिल्ला हुनेछ । तर यसको लागि सांसद बस्नेतको चाहाना मात्रले हुदैंन आम भक्तपुरबासीको साथ र सहयोग आवश्यक देखिन्छ । बस्नेतले नै अगाडी सारेको योजना अनुसार दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयनप्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङ मार्ग निर्माण गर्ने अवधारणा अगाडि सारिएको बस्नेतले बताए ।
सांसद बस्नेत कोटेश्वरको जाम कम गर्न चालेको कदम अनुसार जडिबुटीबाट ललितपुर तर्फ जाने साना सवारी साधनहरु आखाँ अस्पताल हुदैं बालकुमारी जान मिल्ने भएको छ । उनको कोटेश्वर र साँगामा सुरुङ मार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म सात वटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितको आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङ्गे पुल निर्माण गर्ने योजना छ । जसलाई शिव सर्किट बनाउने योजना समेत रहेको छ । उनको नेतृत्वमा भईरहेको हनुमान्ते नदि र अरनीको राजमार्ग सफाई अभियानले समेत सफलता प्राप्त गरिहेको छ । पाँच वर्षे संसदमा रहने भएपनि बस्नेतले गरेका विकाशका योजना उनले निकै महत्व दिएका छन् । विरोधहरुले उनलाई विभिन्न आरोप लगाउदैं आएका पनि बस्नेतको काम गर्ने शैलीबाट उनीहरु आत्तिएका नेकपा नेताहरुको भनाई छ । विरोधीलाई आफ्नो कामबाट नै बस्नेतले जवाफ दिने छन् र भोलीका दिनमा हुने निर्वाचनमा उक्त क्षेत्र पटकमा बनाउन छन् भन्ने धेरैको विश्वास रहेको छ ।