Home राजनीति काँग्रेस नेता सिटौलाको स्वास्थ्य सुधारोन्मुख

काँग्रेस नेता सिटौलाको स्वास्थ्य सुधारोन्मुख

0

चैत ९,
काठमाडौँ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ । नेता सिटौलाको हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि शुक्रबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको हो ।

शरीरमा रगतको मात्रा बढाउनका लागि अहिले उनलाई रगत दिइँदैछ । नेता सिटौलाको उपचारमा डा। भगवान कोइरालाको टोलीले संलग्न रहेको सिटौलाका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । उनको स्वास्थ्य क्रमिक सुधार भइरहेको भन्दै डाक्टरहरुले अझै दुई तीन दिन अस्पतालमै राख्नु पर्ने सुझाव दिएको किरणले जानकारी दिए । सिटौला अस्वस्थ्य भएपछि पार्टी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य दिलेन्द्र बडू, संसदीय दलकी सचेतक पुष्पा भुषाल लगायत शनिबार भेट्न पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here