Sunday, September 20, 2026
Home राजनीति सिके र रेशमका बारेमा सरकारले दोहोरो चरित्र देखायो -भट्टराई

सिके र रेशमका बारेमा सरकारले दोहोरो चरित्र देखायो -भट्टराई

238

फागुन २८,
राजविराज – पृथकतावादी आन्दोलन गरिरहेका सिके राउत र अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरकिा विषयमा सरकारले दोहोरो चरित्र देखाएको उनले आरोप लगाए। सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बिहान संचारकर्मीसँग कुरा गर्दे नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टरार्ईले यस्तो धारणा व्यक्त गरेका हुन । सिके राउतलाई सरकारले सेटिङ गरेर रिहा गरेको आरोप लगाउँदै उनले भने, ‘पृथकतावादी आन्दोलन गर्नेलाई सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गरेकालाई आजीवन कारावास हुनेर?’

उनले टिकापुरमा सुरक्षाकर्मी मारिनु दुखद भएपनि टिकापुर घटना राजनीतिक विद्रोह भएकाले सोही अनुरुप व्यवहार हुनुपर्ने धारणा राखे।
संविधानमा रहेको अपूर्णतालाई सम्बोधन गरी संसोधन गर्न सरकार असफल रहेको बताउँदै भट्टरार्ईले संविधान संशोधन नगरेसम्म असन्तुष्टि कायमै रहने बताए। संविधानमै रहेको अपूर्णताका कारण तराई–मधेश र जनजाती बाहुल्य क्षेत्रमा असन्तुष्टि कायमै रहेको बताउँदै उनले भने, ‘मैले पहिला नै भनेको थिएँ यो संविधान आधा गिलास भरेको आधा गिलास खाली जस्तै छ। त्यसैले अब खाली आधा गिलास पनि भरिनुपर्छ।’

त्यसै गरि दुईतिहाईको बहुमत प्राप्त सरकारले सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरेर देशको साधनस्रोतका प्रयोग गरी तिब्र आर्थिक विकास र समृद्धी ल्याउनुपर्ने तथा बेरोजगारलाई रोजगार र सबैलाई सामाजिक न्यायको प्रत्याभुती दिलाउन सकेमात्र यस्ता विद्रोहको औचित्य समाप्त हुने र सेलाएर जान सक्ने भन्दै उनले भने, ‘तर सरकारले काम गर्न सकेन र भ्रष्टाचार कायमै रह्यो भने यस्ता असन्तुष्टिहरुले विद्रोहको रुप लिन सक्छ।’