फागुन २७, २७,
काठमाडौँ — सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धी विधेयकमा छलफल गर्न बोलाइएको अर्थ समितिको बैठक स्थगित भएको छ । सोमबार बोलाइएको समितिको बैठकमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडा अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो । समितिको छलफलमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडा नै अनुपस्थित भएको भन्दै विपक्षी कांग्रेस सांसद गगन थापाले विधेयकमा छलफल हुन नसक्ने धारणा राखेपछि बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो।
चैत दोस्रो साता काठमाडौंमा हुने लगानी सम्मेलन अघि नै उक्त विधेयक पारित गर्ने तयारी अनुसार २ साता अघि प्रधानमन्त्री कार्यालयले दर्ता गरेको थियो।
मन्त्री खतिवडासँगको सल्लाहमा सोमबार दिउँसो १ बजे समितिको बैठक राखिएको थियो। तर अर्थमन्त्री खतिवडा नै उपस्थित नभए पछि बैठक स्थगित गरिएको हो।