फागुन २६,
काठमाडौँ ;प्रधानमन्त्री केपी शर्मा ओलीले अव मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सम्झौतामा आउनु ठूलो सफलता भएको बताए । सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको उनले स्पष्ट पारे । राष्ट्रिय किसान आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सिके राउतले संविधान मानेर मूलधारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको प्रति उनले असन्तुष्टि जनाए । ‘पृथकतावादी आन्दोलन छाडेर मूल धारको राजनीतिमा आउनु र ल्याउन मुलुकको सुशासन र विकासलागि सफलता नभए के हो रु’ प्रधानमन्त्रीको प्रश्न थियो । उनले सिके राउत मूल धारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गरे । शंका, षडयन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले सिके राउत मूलधारको राजनीतिमा आउँदा केही मान्छे छटपटाएको देख्दा त्यसलाई मान्छेसँग रिसाएको बिरालोले खाँबो चिथोरेको घटनासँग तुलना गरे । उनले सरकारले मुलुकको समृद्धिका लागि आफ्नो अभियानलाई तीव्रताका साथ अघि बढाएको दावी गरे ।