सिके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

100

फागुन २३,
काठमाडौँ -सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न आदेश दिएको छ । राउतलाई यसअघि जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष समेत रहेका राउतले मधेश टुक्र्याउनु पर्ने अभिव्यक्ति दिँदै आएका छन् । उनले सामाजिक सञ्जाल फेशबुक मार्फत मधेश राष्ट्रको अभियान सञ्चालन गर्दै आएका छन् ।