फागुन २३,
भक्तपुर । भक्तपुरमा भएको दुई भिन्न–भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुर दिएको जानकारी अनुसार एकको मोटरसाइकल दुर्घटनामा र एक जनाको करेन्ट लागेर मृत्यु भएको हो ।
विहीबार मध्यपुरठिमी नगरपालिका वडा नम्बर २ मा पेप्सीकोलाबाट सानोठिमी तर्फ आउदै गरेको बा ७४ प ५५३ नं. को मोटरसाइकलले बिपरित दिशाबाट गईरहेको प्रदेश ३–०२–००२ प ६३ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त घटनामा बा.२.ख ४८६८ नं.को बसले समेत ठक्कर दिदा प्रदेश ३–०२–००२ प ६३ नं. को मोटर साइकल चालक काभ्रे देउपुर ३ घर भई हाल जिल्ला भक्तपुर ९ बोडे बस्ने बर्ष २४ को सन्तोस राईको मृत्यु भएको हो ।
घाईते राईको उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर लगेकोमा उपचारकैसम्बन्धित चिकित्सकले घोषणा गरेका छन् ।
त्यसैगरि भक्तपुर नगरपालिका ७ गोलमढीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । गोलमढी स्थित् केशव कवाङको घरमा बिजुली मर्मत गर्न आएका आदर्श चोकका ४२ बर्षिय गोविन्द छुक्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि उपचारका क्रममा अस्पाल पुराइएको र उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाको छ । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।














