फागुन २३
काठमाडौँ -निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक ९एसपी० डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।
यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
सरकारले तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा छन् ।
घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानविन समितिले औंल्याइएको थियो । साथै घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरुलाई यतना दिएर अपराध स्वीकार गर्न दबाव दिएका थिए ।
१० साउनमा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । Rajdhani national daily