‘ग्याल्बो ल्होसार’ मनाइदैं, राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

224

फागुन २३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’को अवसरमा शुभकामना दिँदै ग्लाल्बो ल्होछारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध कायम गराउने प्रमुख सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको छ । ग्याल्बो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।नेपाल बहुजाती, बहुभाषी, बहुसंस्कृति तथा बहुपरम्परा लगायतका विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उहाँले यसले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।