फागुन २१,
काठमाडौँ -नेपाली कांग्रेसमा पार्टी विधानमा उल्लेखित स्वतः प्रतिनिधिसम्बन्धी प्रावधान हटाउनु पर्ने र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो¥याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्ने विषयसम्बन्धी विवादले चर्को विवाद बढ्दै आएको छ । महासमितिबाट पारित भइसकेको विषयलाई केन्द्रीय समिति बैठकले अस्वीकार गरेपछि विवाद बढेको हो । यी दुई विषयलाई लिएर महासमिति सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता गरेका छन् । जसको दर्ता नम्बर ९३ रहेको छ ।
तर महासमिति सदस्यहरुको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको प्रचार भएपछि उनीहरु रुष्ट भएका छन् । ‘महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पु¥याउने सो निर्णय माथि शिघ्र पुनर्विचार गर्न जोडदार माग गर्दछौं, अन्यथा विशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौं,’ विज्ञप्तीमा भनिएको छ ।
जिल्ला सभापतिहरुमा प्रदेश नम्बर १ बाट लिला देवी बोखिम –ताप्लेजुंग, नरेन्द्र कुमार केरुङ्ग – पांचथर, हिमालय कर्माचार्य – ईलाम, उद्धव थापा – झापा , गोविन्द ढुंगाना – तेह्रथुम, नन्दमणि राई – भोजपुर, नरेश कुमार श्रेष्ठ – खोटाङऽ बिनोद बस्नेत – सोलुखुम्बु, राजिब कोइराला – सुनसरी, डिग बहादुर लिम्बु – मोरंग, बिदुर बस्नेत- गाईघाट र दिपेन कुमार श्रेष्ठ –संखुवासभा रहेका छन् ।
यसैगरी प्रदेश नम्बर २ बाट कृष्ण देव यादव – रौतहट र अजय दुवेदी – पर्सा रहेका छन् भने प्रदेश नम्बर ३ बाट उज्जल बराल – सिन्धुली, मधु आचार्य – काभ्रे, लवश्री न्यौपाने – रामेछाप, विकाश लामा – सिन्धुपाल्चोक, जगदीश नरसिंह केसी – नुवाकोट, दुर्लभ थापा – भक्तपुर, सवुज बानिया – काठमाडौँ, पेम्बा क्षिरिङ्ग लामा – रसुवा, रमेश धमला – धादिङ र जित नारायण श्रेष्ठ – चितवन रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशबाट बैकुण्ठ न्यौपाने – तनहुँ, कृष्ण केसी -कास्की, खम्ब गर्बुजा -म्याग्दी, यङ्गजीङ्ग बिष्ट -मुस्ताङ, कुमार राणा -स्याङजा, बिष्णु प्रसाद लामिछाने -नवलपुर, भेष बहादुर पौडेल -लम्जुङ्ग, हरि बहादुर घले -गोरखा रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ बाट अर्जुन पोखरेल -परासी, वीर बहादुर राणा -पाल्पा, भुवन श्रेष्ठ -गुल्मी, बिष्णु प्रसाद खनाल -अर्घाखाची, सुरेन्द्र प्रसाद आचार्य -कपिलबस्तु, अम्मर प्रसाद भण्डारी – प्युठान, अमर सिंह पून -रोल्पा, केशर मान रोका -पूर्व रुकुम, किरण कोइराला -बाँके र संजय गौतम – बर्दिया रहेका छन् ।
यस्तै कर्णाली प्रदेशबाट खड्ग बहादुर शाही – मुगु, दिप बहादुर शाही -जुम्ला, हर्ष बहादुर बम -कालिकोट, कृष्ण कुमार बिसी – दैलेख, कमल राज रेग्मी -सुर्खेत, प्रेम प्रकाश ओली -पश्चिम रुकुम, गणेश बहादुर चन्द -सल्यान, दिपक जंग शाही – जाजरकोट, जयपति रोकाया -हुम्ला र अंगत बुढा -डोल्पा रहेका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशबाट कर्ण बहादुर मल्ल -डडेल्धुरा, ललित सिंह बोहरा -दार्चुला, नरेन्द्र सिंह थापा -बैतडी र हर्क जंग बहादुर सिंह -बझांङ्ग रहेका छन् ।













