Wednesday, September 23, 2026
Home समाचार अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

67

फागुन १९,
काठमाडौँ पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको हो । ८२ वर्षीय पूर्वमन्त्री अधिकारीको शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए । कम्युनिस्ट नेता अधिकारीले अर्थमन्त्री रहँदा सामाजिक सुरक्षा भत्ता वृद्धभत्ताको सुरुवात गरेका थिए । ०५१ सालमा प्रतिमहिना १ सय रुपैंया बृद्ध भक्ता दिने निर्णय भएको थियो । अहिले बृद्धले मासिक २ हजार बृद्धभत्ता पाउदै आएका छन् ।