क्यासेट बजाउन विजुलीको पोलमा चढ्दा करेन्ट लागेर दुईको मृत्यु

105

फागुन ११,
महोत्तरी-महोत्तरीको लोहारपट्टी नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो । प्रहरीका अनुसार भोजमा क्यासेट बजाउन बिजुलीको पोलमा तार जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छोएपछि करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।