Thursday, October 1, 2026
Home समाचार गायक पशुपति शर्मालाई कांग्रेस सांसद अमरेशले फागुन महिनाको तलबबाट २५ हजार पुरस्कार...

गायक पशुपति शर्मालाई कांग्रेस सांसद अमरेशले फागुन महिनाको तलबबाट २५ हजार पुरस्कार दिने

99

फागुन ६,
काठमाडौँ-नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ दिने घोषणा गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसद सिंहले शर्मालाई जनगायकको संज्ञा दिए। उनले दुईतिहाइको सरकारविरूद्ध यस्तो गीत गाउनुको साटो मुखमा ताला लगाएर हिँड्नुपर्ने भन्दै व्यंग्य पनि गरे। प्रतिनिधि सभा सदस्यको मासिक तलब ५५ हजार २ सय ३० रूपैयाँ हुन्छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गीत हटाउनु अभिव्यक्ति स्वतन्त्रताको विरोधमा भएको बताएको थियो।