–शोभाकुमारी गुप्ता
फागुन ५, सिरहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित ९डोम मेस्तर समुदाय ० उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् । बाँसजन्य सामग्रीको बेचबिखन र सुङ्गुर, बङ्गुरपालन गरी जीविकोपार्जन गर्दै आएका मरिकले जेठा छोरा चेलाइलाई सिरहाको छरापट्टी र कटहाको आधा गाउँ अंशमा दिए भने अर्का छोरा गुलाइले भटौरटैरर विनोदले कल्याणपुर गाउँ अंशमा पाए ।
उतm समुदायमा अंशमा पाएको र खरीद गरेको गाउँमा मात्र उत्पादन गरेको समान बिक्री गर्न पाइन्छ । त्यसरी पाएको र खरीद गरेको गाउँमा चाडपर्व र मृत्यु संस्कारमा उनैले मात्र खरीदारी गर्न पाउँछन् । आफूले उत्पादन गरेको सामग्रीको बिक्री वितरण मात्र होइन, सङ्गुर चराउन पनि नपाइने चलन रहेको चुल्हाइले बताउनुभयो । उहाँका अनुसार, आफ्नै दाजु भए पनि अरुको अंशको गाउँमा कारोवार गर्न समेत पाइदैन । अन्यथा जरिवाना तिर्नुपर्छ । प्रायः ओत लाग्ने झुपडी बनाउने जमीनसमेत नहुने उक्त समुदायको सम्पति भनेकै अशंबापत पाएको र आफ्नै कमाइले खरीद गरेको गाउँमात्र भएको डोम मेस्तर उत्थान समाज सिरहाका संयोजक रामचन्द्र मरिकले बताउनुभयो ।
खुला बजार अर्थ नीतिअनुसार उत्पादित समान बजारमा निर्वाद रुपमा बिक्री गर्न पाइन्छ तर उतm नीति सो समुदायमा लागू भएको छैन । सिरहा कुर्वाका विरजु मरिकले आर्थिक समस्या परेपछि सिसवनी– १ का हरि मरिकलाई रु २५ हजारमा बन्धक राखेको कुर्वा गाउँ फुकुवा गराए । घरायसी समस्या टार्न प्राय क्रृण, सापटी पैँचो, अन्नपात, पशुपक्षी बेचबिखन गर्ने चलन भए पनि डोम समुदायले भने गाउँलाई नै बन्धक वा किनबेच गर्छन् । सिरहाकै विधानगर–६ का दरपि मरिकले चैनपुर बजारदेखि पश्चिम तिरको गाउँ सिसवनीकै हरि मरिकलाई रु ७० हजारमा बिक्री गरे । सिरहामा करीब दुई हजारको हाराहारीमा डोम समुदायको बसोवास रहेको एक तथ्याङ्कले देखाएको छ । RSS













