भेरी नदीमा बस खस्योः चार जनाको शव भेटियो

71

फागुन २,
जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको छ । आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ, प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालीसकेको छ । -रासस