प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने

85

फागुन २,
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले जानकारी दिए। प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको रेग्मीको भनाइ छ। २०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो।