सिन्धुलीको फिक्कलमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु,

148

माघ २४,
सिन्धुली– सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा। १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्र बहादुर सिंहले जानकारी दिए ।

बेलोरोमा ८ जना यात्रु सवार थिए । जिप चण्डी भञ्ज्याङ स्थित सडकबाट २ सय मिटर तल खसेको थियो । मृतकको सनाखत भैनसकेको र घटनाबारे अनुसन्धान भईरहेको एसपी सिंहले बताए ।