माघ २२,
काठमाडमैँ- नायक आर्यन सिग्देल पिता बन्ने भएका छन् । बिहे भएको करिब ४ बर्षपछि आर्यन पिता बन्ने भएका हुन् । श्रीमती सपना भण्डारीले फागुनको अन्तिममा पहिलो सन्तानलाई जन्म दिने खबर यसै साता बाहिरिएको हो ।
आर्यनले सपनासँग वि।सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । बिहे भएको लामो समपछि आर्यन र सपनाले सन्तान जन्माउने निधो गरेका हुन् । आर्यन भने यतिबेला फिल्म ‘हजार जुनी सम्म’ को छायांकनको लागि सिक्किममा छन् । केही दिन अगाडी सपना भेट्न उनी काठमाण्डौं आएका थिए ।