पिपलको छायाँ मुनी कांग्रेसको आक्रोश

203

माघ २२,
भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केही यता देशभर आन्दोलनमा उत्रीएको छ । आन्दोलनको कार्यक्रम अनुसार सोमबार देशका ७७ जिल्लामा विरोध सभा आयोजना भयो ।
उक्त कार्यक्रम अनुसार भक्तपुरको दुधपाटीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको विरोधसभा पिपलको रुखको फेदमा बसेर नेताहरु वर्तमान सरकार विरुद्ध आक्रोशीत भएका थिए ।

कांग्रेसका नेता तथा राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सरकारले विभिन्न कोणबाट आम नागरिकहरुलाई अधिनायकबाद लाद्न खोजेको आरोप लगाएका छन् ।

छ महिना बितिसक्दा पनि निर्मला हत्या काण्डाका दोशी पक्राउ पर्न नसकेको बताउँदै पाण्डेले सरकारले ३३ किलो सुनकाण्डका अपराधीलाई समेत कारवाहीको गरेजस्तो गरेर नाटक मन्चन आरोप लगाए । कार्यक्रममा सांसद अनिता देबकोटा, जिल्ला सभापति दुर्लभ थापा, नेता गणेशमान चक्रधर, नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष बिनोद कायस्थ, जिल्ला सचिब उद्धब सिलवाल लगायतले वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले छानवीन गर्न माग गरेका थिए ।

आगामी फागुन ३ गते मध्यपुर थिमिको शंखधरचौकमा बृहत सभाको आयोजना गर्ने जिल्ला सभापति थापाले जानकारी दिएका छन् ।