यस्तो छ पारस शाहको पछिल्लो स्वास्थ्य अवस्था

143

माघ १५,
काठमाडौं । अचानक छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ । अस्पतालमा उनलाई हृदयघात भएको पत्ता लागेपछि उपचार भइरहेको छ । शाहको अवस्था सुधार हुँदै गएको र भोलि सम्ममा डिस्चार्ज हुन सक्ने सम्भावना रहेको अस्पताल स्रोतले बतायो ।

हाल उनको उपचारमा प्रा।डा। यादवदेव भट्ट, डा।जेपी जैसवाल, डा।नग्मा श्रेष्ठ, डा।सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा। प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।