सशस्त्र प्रहरीको स्थापना दिवसमा पुगेका प्रधानमन्त्री यस्तो चिन्ता गरेपछि…

60

माघ १५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकबाट द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि फेरि मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको बताएका छन्। सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा द्वन्द्व निम्त्याउने पुनः प्रयास भइरहेको बताए। प्रधानमन्त्री ओलीले विगतमा भएको द्वन्द्वको घाउमा मल्हम लगाउनुको साटो पुनस् द्वन्द्व निम्त्याउने प्रयास भइरहेको भन्दै दुस्ख व्यक्त गरे। ुसकिएको द्वन्द्व फेरि निम्त्याउने प्रयास भएको छ। द्वन्द्वको घाउमा मल्हम लाउनुको सट्टा झन बल्झाउने, शान्ति खल्बलाउने, समाजमा हिंसा फैलाउने काम हुँदैछु, प्रधानमन्त्रीले भने। प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता तोड्ने राष्ट्रियता बिरोधी कुनैपनि देशद्रोही काम देशले नसहने बताए। मुलुकमा अहिले जनताको सरकार आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता बिरोधी गतिविधि सह्य नहुने जिकिर गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका नेपाली सेनाको १ हजार १८, नेपाल प्रहरीको १४ सय ४८, सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानको २३ जनालाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहिद घोषणा गरिएको जानकारी गराए। अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने बताए। ुभ्रष्टाचार सहिँदैन, म गर्दिन र गर्न दिन्न। कसैले गरेको पाए अनुहार हेरेर व्यवहार हुँदैनु, उनले भने। अख्तियारलाई इङकित गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न हातमा अधिकार लिएर बसेकाले स्वयम् भ्रष्टाचार गरेकोमा चिन्ता व्यक्त गरे। -थाहा खबर