कानुन मिचेर चौधरीलाई सपथ खुवाइयोः नेता सिंह

286

पुस २१,
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कानुन विपरित सरकारले रेशम चौधरीलाई सपथ दिलाएको आरोप लगाएका छन् । ‘सरकारबाट दुईतिहाईको बलमा कानुनभन्दा माथि उठेर रेशम चौधरीलाई सपथ खुवाउने काम भएको छ’ उनले भने, ‘सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीति फाइदाका लागि कानुन मिचेर सपथ खुवाएको हो ।’
४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकारप्रति जनताको विश्वास घट्दै गएको दाबी गरे ।
कानुन विपरीत एकपछि अर्को काम गर्नुले पनि सरकारको जनताप्रतिको विश्वास घट्दै गएको उनको भनाई थियो ।
नेता सिंहले वाइडबढी किनबेचमा भएको घोटालाबारे सरकारले डराएर छानविनका लागि कानुनविपरीत नयाँ समिति गठन गरेको आरोप लगाए । उनले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न विपी कोइराला र गणेशमान सिंहले राष्ट्रिय मेलमिलापको नीति लिएको सो अवसरमा स्मरण गरे । -ratoapti