विदेश शयरमै रमाउँछन् मेयर

121

मंसिर ५,
ललितपुर । विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन । कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनत्तम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनामतर्फ जानुभएको छ ।

भियतनाममा हुने विभिन्न राष्ट्रका शहरका मेयरहरुको बैठकमा भाग लिन महर्जन त्यसतर्फ जानुभएको उहाँका सहयोगी स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी दिनुभयो । ‘महानगरपालिकालाई खर्चको भार नपर्ने गरी उहाँ नगई नहुने भएकाले मात्र विदेश जानुभएको हो’, स्वकीय सचिव वज्राचार्यले भन्नुभयो– ‘महत्वपूर्ण भ्रमण भएकाले यसअघिको विदेश भ्रमणसँग यसलाई जोडेर लिनुहुन्न ।’ नगर विकासका लागि आवश्यक ज्ञान, सीप र सम्बन्धको विकास गर्न विदेश भ्रमण गर्दै आएको वज्राचार्यको दाबी छ । –डेढ वर्षमा ११ चोटि विदेश यात्रा ।
=समाचारपत्र दैनिक