अब माईक्रोबसको चालक र सह–चालकले ड्रेस लगाउनुपर्ने

55

मंसिर १,
काठमाडौं । भाडाको ट्याक्सीपछि काठमाडौं उपत्यकामा सञ्चालित माईक्रोबस चालक र सह–चालकले पनि शनिबारदेखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ । शनिबार राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुमार पन्तले माईक्रोबसका चालक र सह–चालकलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरि यस अभियानको सुरुवात गरेका हुन् ।

चालकलाई सुन्तला रंगको र सह–चालकलाई हरियो रंगको ज्याकेट छ । एक सातासम्म ज्याकेट लगाउनुपर्ने बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र त्यसपछि ज्याकेट नलगाउनेलाई कारवाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिचानसहितको ज्याकेट लगाउनाले एक रुपता ल्याउनुको साथै सेवाग्राहीको सुरक्षालाई पनि चुस्त राख्ने विश्वास व्यक्त गरे । यसले अनुशासित पनि बनाउने उनले बताए । ठूला सवारीसाधनका चालक तथा सह–चालकलाई समेत डे«ेस कोडको व्यवस्था गर्नुको साथै ट्याक्सी र माईक्रोबसका चालकको ड्रेस कोडलाई राजधानी बाहिर पनि लैजाने तयारी भईरहेको महाशाखाले जनाएको छ ।