कार्तिक २१,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विजय गच्छदारलाई उपसभापति बनाउने निर्णयलाई ‘ईस्यु’ बनाइराख्न आवश्यक नभएको बताएका छन् । केन्द्रीय कार्यसमितिले मंगलबार गरेको यो निर्णय विधान अनुसार नभएता पनि ‘राजनीतिक निर्णय’ भएको कोइरालाको प्रतिक्रिया छ ।गच्छदारलाई उपसभापति बनाइएको विषयमा रामचन्द्र पौडेल समूहले ‘विधान विपरीत’ भन्दै विरोध गरेको छ । कांग्रेस नेतृ सुजाता कोइरालाले पनि गच्छदारलाई उपसभापति बनाइनु विधानविपरीत भएको बताएकी छिन् ।