कात्तिक २१,
काठमाडौ । तिहार लगत्तै तीनवटै राप्रपा एकीकरणको प्रयास स्वरुप बुधबार राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीबीच पार्टी एकताबारे छलफल भएको छ । समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीतिअनुसार राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० र एकीकृत राप्रपा ९राष्ट्रवादी० तीनवटै दलका बीच बलियो राष्ट्रवादी शक्ति निर्माणका लागि एकता गर्ने सन्दर्भमा दुई नेताबीच छलफल भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार पार्टी एकताका लागि आज भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको छ ।