किने गरे सासुु र बुहारीले एकै दिन आत्महत्या ?

103
सांकेतिक तस्विर

कार्तिक १७,
बैतडी । बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बुधवार घाँस काट्न भनेर घरबाट निस्कनुभएकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती खोजतलास गर्न जाँदा उहाँ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । सासु शुक्रबार स्थानीय झल्कोट जङ्गलमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको र बुहारी निर्मला बिहीबार स्थानीय ओडीगाँउ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस