३० वर्षदेखि नवदुर्गा देवगणले राखेको माग पुरा भएन

80

कार्तिक ७,
भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा भवानीको मन्दिरमा राष्ट्रप्रमुख बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आउने गरेको तीन दशक भयो । वि.स २०४५ सालमा तत्कालिन राजा स्वर्गीय विरेन्द र २०५८ पछि ज्ञानेन्द्र विर विक्रम शाहले दर्शन गर्न आएका थिए । गणतन्त्र आएपछि प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव र हालकी राष्ट्रपति विद्यादेवी भण्डारी आउन थालेको चार वर्ष पुरा भएको छ । तर विगतदेखि नै नवदुर्गा जात्रा व्यवस्थापन समितिले राष्ट्रप्रमुख मार्फत सरकारलाई राखेको माग पुरा हुन नसकेको समितिका अध्यक्ष बृजेश वनमालाले बताए ।

‘यो पर्व सांस्कृतिक पर्व मनाउन चाहिने विभिन्न कुरा र आर्थिक पक्ष जुटाउन निकै कठिन छ,’ उनले भने । विधि र परम्परामा रहेर नवदुर्गा भवानीको पर्व मनाउन युवा पुस्तालाई समेटदैं लैजादा केही पढाई र कतिको काम पनि समेत छुट्ने उनले बताए । यसको लागि स्थानीय नगरपालिका, गुठी संस्थान र अन्य सरकारी निकायले सहयोग गर्नु पर्ने उनको भनाई छ । यसैबीच बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा भवानीको मन्दिरमा सरीक भई पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छिन् । उनले राष्ट्रप्रमुखका रूपमा प्रसाद ग्रहण गरेकी हुन् । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकीले नवदुर्गाको पूजा एवं दर्शन गराएका थिए ।

नवदुर्गाका पुजारीले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका छन् ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको मूर्ति अवलोकन गरेकी छिन् । गणलाई दक्षिणा समेत प्रदान गरेकी थिइन् ।
राष्ट्रपति नवदुर्गा मन्दिरमा संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद शसिजंग थापा, सरस्वती वाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवर, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, चाँगुनारायण नगरका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका नगरप्रमुख बासुदेव थापा, उप्रमुख जुना बस्नेत, मध्यपुर थिमिका प्रमखु मदन सुन्दर श्रेष्ठ, नेकपाका जिल्ला नेता बचन देउजा, प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठलगायतले स्वागत गरेका थिए ।