नयाँ नेपाल न्युज
असोज २२,
काठमाडौं । कमजोर आर्थिक स्थिति रहेका ग्रामिण गाउँका यूवतीहरु काठमाडौ जागिर खाने र भविष्यमा केही काम गरेर देखाउने उद्देश्य राखेर आउनेहरु चिनजानमा रहेका नजिकका नातेदार तथा छिमेकीहरु मार्फत काम पाउने अपेक्षा गर्नु स्वभाविकै हो । तर यस्तो अवस्थालाई नाजायज फाइदा उठाउने गिरोहको कारण गलत धन्दा गराउन बाध्य बनाउने र बढि पैसा कमाउने प्रलोभनमा प्रतिवन्धित कार्य र देशमा पठाउने गर्दा धेरै महिलाहरु पिडित हुने गरेका थुपै्र उदाहरणहरु छन् । यसको प्रतिनिधी पात्रको रुपमा संखुसभा घर भई कहिले काठमाडौ त कहिले इटहरी बस्ने तिर्थ रेग्मीलाई चेलिबेटी ओसारपसार सम्बन्धमा उजुरीहरु पर्न थालेपछि निजका कर्तुतहरु एकपछि अर्को गरी उजागर हुँदै गएको छ । रेग्मी मात्र होइन उनकी कान्छी श्रीमती यशोदा भट्टराई रेग्मीले समेत श्रीमानको धन्दामा साथ दिने गरेकी रहिछन् । जानकारहरुका अनुसार चेलिबेटी ओसारपसार गर्ने सिलसिलामै गिरोहको नाइकेसँग चिनजान भै रेग्मीले दोश्रो विवाह गरेको स्रोतको भनाई रहेको छ ।
यसको प्रतिनिधी पात्रको रुपमा संख’वासभा घर भई कहिले काठमाण्डौ त कहिले इटहरी बस्ने तिर्थ रेग्मीलाई चेलिबेटी ओसारपसार सम्बन्धमा उजुरीहरु पर्न थालेपछि निजका कर्तुतहरु एकपछि अर्को गरी उजागर हुँदै गएको छ । रेग्मी मात्र होइन उनकी कान्छी श्रीमती यशोदा भट्टराई रेग्मीले समेत श्रीमानको धन्दामा साथ दिने गरेकी रहिछन् । जानकारहरुका अनुसार चेलिबेटी ओसारपसार गर्ने सिलसिलामै गिरोहको नाइकेसँग चिनजान भै रेग्मीले दोश्रो विवाह गरेका रहेछन् खाडीमुलुकका विभिन्न देशमा सम्पर्क कार्यालय समेत खोलेर गैह्रकानुनी रुपमा घरेलु कामदार ओसारपसार गर्ने क्रममा धेरै पटक उजुरी र ताकेता भए पनि निर्वाध रुपमा अहिले पनि गैह्रकानूनी रुपमा नेपाली चेलीहरु प्रतिबन्धित काममा भारत हुँदै पठाउने काम नरोकेको जानकारी हुन आएको छ । रेग्मीले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई समेत होस्टलमा राख्ने नाउँमा गलत धन्दामा समेत फसाउने र युवतीहरुलाई भारतको मुम्बई, दिल्ली, कोलकता, गोरखपुर लगायतका होटल रेष्टुरेण्टमा गलत काम गर्न बाध्य पार्ने गरेको निवेदकले उजुरीमा उल्लेख गरेको प्रमाण नयाँ नेपाल न्यूज डटकमको मध्यव्यूरोलाई जानकारी हुन आएको छ । काठमाण्डौमा राम्रो व्यापार, व्यवसाय गर्दै आएका धनाद्यसँग पहिला सम्बन्ध बढाउने र पछि ब्ल्याकमेलिङ गर्ने गरेको र सो प्रयोजनका लागि समाजिक सञ्जाल तथा संचारमाध्यममा गलत समाचार दिए वापत काठमाण्डौ प्रहरी परिषदमा साइवर क्राइम अपराधको अभियोग पनि लागेको पिडितले बताए ।
हेर्नुहोस पीडितका गुनासाहरु
रेग्मीले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई समेत होस्टलमा
राख्ने नाउँमा गलत धन्दामा समेत फसाएको र कतिपय चेलिबेटीहरुलाई भारतको
दिल्ली, मुम्बई, कोलकता, गोरखपुरलगायतमा होटल तथा रेष्टुरेण्टमा गलत काम गर्न बाध्य पारेको, राम्रो कमाइ हुने जागिर लगाइदिने प्रलोभनमा पारी निजले
‘म जस्ता थुप्रै नारीहरुलाई खाडी मुलुक कुवेत, ओमन, दुबई, कतार लगायतका
मुलुकमा अबै धन्दा संचालन गरेकोले सो क्रममा महिलाहरुको शोषण, अन्याय
र यौनहिंसाजन्य गतिविधि तिव्र भएकाले बाध्य भएर उजुरी गर्नु परेको ‘ उजुरीकर्ता
रेबिका लिम्बु (नाम परिवर्तन)को भनाई छ ।
ओसोरपसारमा ठुलै नेताको संरक्षणको आशंका
लामो समयदेखि निरन्तर चेलिबेटी ओसारपसारमा संलग्नको सन्दर्भमा उजुरी
पर्ने ताकेता हुने गरी पनि कार्वाही नहुनुले उच्चपदस्थ नेताको संरक्षण रहेको
आशंका पिडितको छ ।
रेग्मीको बिगत
संखुसभाको सामान्य किसान परिवारमा जन्मेका तीर्थ रेग्मी सानै देखि उट्पट्याङ स्वभावका रहेको कारण अभिभावक तथा विद्यालयका शिक्षकहरु आजित हुने गरेको जानकारहरु बताउँछन् । पछि इटहरीमा बस्ने क्रममा पनि उनको छविमा बाल्यकालकै पृष्ठभूमिले निरन्तरता पाउँदै त्यहाँबाट विस्थापित भै काठमाडौं आएपछि सामान्य मजदुरको रुपमा काम गर्दै बैदेशिक रोजगारीमा पठाउने कामतर्फ आकर्षित भएको बुझिएको छ । यसरी गाउँबाट आएकाहरुलाई सम्पर्क गरी व्यक्तिगत हिसाबले खाडीमुलुकमा कामदार पठाउने क्रममा यशोदा भट्टराईसँग चिनजान भई दोश्रो विवाह भएपछि रेग्मी दम्पत्तीले खाडीमुलुकमा महिलाहरु लैजान थालेको र त्यसमा श्रीमती रेग्मी बढि लागि परि गर्ने र रेग्मी भने यसका साथ साथै प्रतिष्ठित उद्योगी व्यापारीसँग सम्बन्ध विस्तार गरी ब्ल्याकमेलिङ गर्ने गरेको पिडितको दुखेसो छ ।