यसरी भयो समुन्द्र रगतले रातो

126

भदौ ३,
बीबीसी । स्कटल्याण्डको फअरो आइसल्याण्डस्थित एक समुन्द्र रगतले रातो भएको भयो । वास्तवमा ह्वेलको शिकार गरिएकाले पानीमा रगत मिसिएपछि समुन्द्र रातो भएको हो । सोसल मिडियामा यससम्बन्धि फोटो सार्वजनिक भएपछि पशु अधिकारकर्मीले रोष व्यक्त गरेका छन् । ह्वेल माछा सामूहिक रुपमा एउटा खाल्डोमा जम्मा भएका बेला उनीहरुको हत्या गरिएको थियो ।सरकारका अनुसार यो तस्बिर आइल्याण्ड अफ वेगरको जुलाई ३० तारिखको फोटो हो । हत्या गरिएका ह्वेललाई पाइलट ह्वेलको नामले चिनिन्छ । यो द्वीपमा हरेक वर्ष गर्मीमा मानिसहरु शिकार गर्न आउँछन् । यस्तो प्रकारको शिकार फअरो आइसल्याण्डमा पूर्व रुपमा बैध छ । यी तस्बिरको ट्वीटरमा अत्यधिक निन्दा भइरहेको छ । ब्रिटेनको एक ग्रुप ब्लू प्लानेट सासाइटीले यसको कडा आलोचना गरेको छ ।

प्लेनेट सोसाइटीले फअरो आइसल्याण्डलाई अराजक देशको संज्ञा दिएको छ । उक्त ग्रुपका अनुसार फअरो आइसल्याण्ड २१ औं शताब्दीमा समावेश हुन आवश्यक छ । उक्त ग्रुपले ट्वीटरमा भनेको छ, ‘उनीहरुको मनमा आदर र सहानुभूती भन्ने केही छैन । यो उनीहरुका लागि मनोरञ्जनको एउटा माध्यम हो ।’