गुम्बा तथा विहारको पूर्ननिर्माण तत्काल सुरु गर्न महासंघको माग

249

हेमराज ढकाल
साउन ३०,
काठमाडौ । वि.स २०७२ सालको बैशाखमा गएको विनाशकारी भुकम्पले भत्किएका गुम्बा तथा विहारको पूर्ननिमार्णमा ढिलाई भएको भन्दै विरोध प्रर्दशन भएको छ । बुधबार नेपाल गुम्बा विहार महांसघको आयोजनामा काठमाडौको भृकृटी मण्डवबाट सुरु भएको विरोध ¥याली शहिदगेट जमल हुदैं शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रर्दशनको क्रममा विगतमा भएको ६ बुदेँ सहमतिको कार्यान्वयन गर्दै गुम्बा तथा विहारको पूर्ननिमार्णमा लागि विनियोजित भएको रकम तत्काल उपलब्ध गराउन माग गरिएको छ ।

अन्तराष्ट्रिय दाता तथा विभिन्न निकायले नेपालका २९ जिल्लामा भुकम्पबाट क्षतिग्रस्त गुम्बा विहारको पूर्ननिर्माणका लागि सहयोग गरेपनि सरकारले बने विभिन्न बहानामा ढिलाई गरेको महांसघका अध्यक्ष सोम्वले तामाङ्गले आरोप लगाएका छन् ।
तामाङ्गले भने आर्थिक “वर्ष २०७३/०७४मा पूर्ननिर्माणको लागि भनेर छुट्टाएको ८ अर्व ९३ करोड रुपैयाँ दिन सरकारले आलटाल गरेकाले हामीले बाध्य भएर आन्दोलन गरेका हौं । ” कर्मचारीको ढिलासुस्ती र सरकारको वेवस्ताका कारणले सयौं वर्ष पुराना नेपालका गुम्बा तथा विहारको अस्तित्व संकटमा पर्ने उनको भनाई छ । उक्त विरोध प्रर्दशनको कार्यक्रममा विभिन्न जिल्ला स्थित संघ, गुम्बा तथा विहारका प्रतिनिधिहरु, लामा, भिक्षुलगायतको सहभागिता रहेको थियो । भुकम्पका कारणले नेपालका २९ जिल्लामा १ हजार ३ सय २० गुम्बा तथा विहारमा क्षति पुगेको सरकारी तथ्यांक छ । जससालाई १देखि ५ श्रेणीमा विभाजन गरि क्षतिको मुल्यांकन गरिएको छ । श्रेणी १ श्रेणीमा ७०, २ मा १ सय ३०, ३ मा २ सय ३, ४ मा २ सय ९८ र श्रेणी ५मा ५सय ९६ ओटा गुम्बा तथा विहार रहेको तथ्यांक रहेका छ ।