ट्रक तथा ट्रिपर व्यवसायीको गुनासो काम गरेर खाने वातावरण भएन

204

साउन २४,
भक्तपुर । ट्रक तथा ट्रिपरको कारणले सडक दुर्घटना बढेको भन्दै सरकारले लगाएको समय तालिकाले व्यवसायनै धरासायी भएको व्यसायहरुले गुनासो गरेका छन् । भक्तपुरमा विहिबार भक्तपुर ट्रक व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै उपत्कामा सरोकारवालाहरुसँग छलफल नगरि लिएको निर्णयमा पूःन विचार गर्नु माग गरेका छन् । राती ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र सवारी संचालन गर्नुपर्दा अनेक समस्या हुने गरेको व्यवसायीहरुले बताएका छन् उनीहरुले रात्रिकालिन समयमा मात्र मालबाहाक सवारी सञ्चालनको स्विकृतिसँगै निर्माण सामाग्री समयमा उपलब्ध गराउन नसकेको र मूल्य समेत बृद्धि भएकाले ब्यवसायी मात्र नभएर उपभोक्ताले समेत आर्थिक भार खेप्नु परेको बताए ।राजधानीमा हाल दैनिक २२ सय देखि २५ सय सम्म ट्रिपर निर्माण सामाग्री लिएर भित्रने गरेका र सरकारले समय तालिका फेरबदल नगरे थप २५ सय टिप्पर आयत गर्नु पर्ने बाध्यता रहेको उनीहरुको भनाई छ । रातीको समयमा ४ हजार ५ सय ट्रिपर राजधानीमा भित्राउन सके मा निमार्ण सामाग्री ढुवानीमा सहजता हुने व्यवसायीहरुले बताए । बाग्मती ट्रिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले रात्रीकालिन समयमा मात्र टिप्पर चलाउन दिनु झनै खतरनाक रहेको बताए । उनले भने ‘यसो गर्दा सवारी चालकलाई आरामको समय नमिल्ने दिउँसो भर समानको खोजी र रातीमा ढुवानी गनुए पनेए अवस्था रहेको छ’ । उपत्यका भित्र राती आएर बिहान पाँच बजे अघि फर्कनु पर्ने बाध्यताका कारण दुर्घटना न्यून हुने भन्दा झनै बढ्न सक्ने अध्यक्ष कँवरले बताए ।

भक्तपुर ट्रक व्यवसायी संघका निर्वतमान अध्यक्ष नबिन प्रजापतिले सरकाले टाइम कार्ड लागू गर्दा भक्तपुरलाई भेदभाव गरेको बताए । उनले भने काठमाडौं र ललितपुरमा जति पनि भक्तपुरका हकमा समय प्रदान नगरेमा बताए ।
कार्यक्रमा भक्तपुर ट्रक ब्यवसायी संघका अध्यक्ष महेन्द्र खायमली सरकारले टिप्पर ब्यवासयीको काम गरि खाने अधिकार खोसेको बताए । व्यवसायीहरुले सवारी चालकहरुलाई बिभिन्न समयमा चेतनामूलक ज्ञान प्रदान गर्दैै आएको र कसैले पनि चाहेर दुर्घटना नगर्ने भन्दै कमी कम्जोरी पत्तो लगाएर समस्याको समाधान खोज्न समेत आग्रह गरेका छन् ।
रात्रिकालिन समयमा ढुवानी गर्दा ध्वनी प्रदुषण बढ्ने र यसले समाजमा सकारात्मक भन्दा पनि नकारात्मका असर समेत व्यवसायीहरुको भनाई रहेको छ ।