-ज्यो. दुर्गाप्रसाद भण्डारी,
मानिस सबैको मनमा उठ्ने प्रश्न हामी किन जन्मन्छौँ अनि किन मर्छौं रु जन्मेको किन होला रु आफै जानी जानी जन्मेको त पक्कै होइन होला रु जन्मको प्रयोजन के होला रु यत्रो दुख दिनुथियो भने किन जन्मेको रु के अर्थ छ यो सुख दुःख भोग्नमा रु कसले गराएको होला यस्तो रु हामी सबैको मनमा जिज्ञासा लाग्नु स्वाभाविकै छ । हामी यो दुनियाँलाई भोग्न जन्मिएका हौँ र सबैथोक भोग्न यहाँ मात्र पाइन्छ ।
नर्कको भोग गर्न पनि यहा पाइन्छ, स्वर्गको भोग गर्न पनि यहाँ पाइन्छ र वैकुण्ठको भोग गर्न पनि यहाँ पाइन्छ । मरेपछि पाइन्न, मरेपछि कुनै भोग नै हुँदैन । भोग्नको लागि शरीरको आवश्यक्ता पर्दछ । सफ्टवेयरले काम गर्नका लागि हार्डवयर चाहिन्छ । हार्डवयर भएन भने जतिसुकै राम्रो सफ्टवेयर पनि अर्थहीन हुन्छ । त्यसैले सबै कुरा भोग्नका लागि शरीर आवश्यक छ र हामी सबै लोकहरु भोग्नका लागि यहाँ आएका हौँ । जिउँदो छँदै बैकुण्ठको भोग पनि गर्न सकिन्छ । स्वर्गको पनि सकिन्छ र नर्कको पनि भोग गर्न सकिन्छ । मृत्यु पछाडि हाम्रो मन, हाम्रो संस्कार, हाम्रो स्वभाव सबै बिज बनेर बस्छ । हाम्रो चेतनाको कही अन्तरमा हाम्रो मन बिज बनेर बसेको हुन्छ र फेरि अर्को शरीर लिएपछि बिस्तारै हाम्रो मन प्रस्फुटन हुन्छ । बिज फेरि बिरुवा बन्न थाल्छ र यही बिरुवामा पूर्वजन्मको संस्कार, पूर्व जन्मको सुखदुख, पूर्वजन्मको कमाइ उत्पन्न हुन्छ र यसैलाई हामी भाग्य भन्दछौँ । भाग्यको भोग गर्नका लागि शरीर लिन आवस्यक छ । त्यही भएर हामी जन्मन्छौँ । हामी भोग्न चाहन्छौ, नयाँ कुरा थाहा पाउन चाहन्छौँ । यसका लागि शरीर आवश्यक छ ।
शरीरभन्दा अलग म किन भएँ, किन जन्मन्छु रु किन मर्छु भन्ने हो भने ‘म न जन्मन्छु, न मर्छु । म जन्म मृत्युभन्दा अलग छु र जीवन खेल जस्तै हो, यस्तो खेल हो थाहा पाइयो भने हार्दा पनि सुख जित्दा पनि सुख । यो खेल नभएर साँच्चै हो भनेर जीवनलाई भोग्यो भने जित्दाखेरि सुख हार्दाखेरि दुःख । जसले यो जीवनलाई खेलका रुपमा बुझ्यो त्यो व्याक्ति दुःखबाट मुक्त हुन्छ उसले हरहमेसा सुखको अनुभव गर्दछ । हामी आनन्दबाट बनेका छौँ, सुखबाट बनेका छौँ । त्यसैले हामीलाई सुख प्यारो छ । त्यसकारण यही सुख भोग्नका लागि हामी जन्मेका हौँ । प्रत्येक कुराको स्वाद थाहा पाउन हामी जन्मेका हौँ तर हामीलाई धेरै कुराको स्वाद थाहा छैन ।
अहिले एउटा जनवारलाई समातेर घाँटी रेटुँ । जनवारको घाँटी रेट्दाखेरि यस्तो हुदो रैछ भन्ने अनुभव चाहिँ छ । यो अनुभव चाहिँ हामीले पायौँ तर आफू जनवार बनेर अर्कोले घाँटी रेट्दा कस्तो हुन्छ रु हामीलाई त्यो अनुभव छैन । त्यसैले हामी अर्को जन्म त्यो अनुभव लिन जन्मन्छौँ । अर्काको घाँटी काट्दा कस्तो हुन्छ त्यो त थाहा पाइयो अब आफ्नो घाँटी अर्काले काट्दा कस्तो हुन्छ थाहा पाउनु पर्यो नि । सबै कुरा थाहा पाउनु हाम्रो स्वभाव हो यही थाहा पाउन हामी जन्मेका हुन्छौँ । अहिले अरुप्रति जस्तो व्यवहार गर्छौं यस्तो व्यवहार गर्दाखेरि यस्तो अनुभव हँुदोरैछ । थाहा पाइयो अर्कोपल्ट मैले गरेकै जस्तो व्यवहार अरुले गर्दा मलाई कस्तो हुँदो रैछ । त्यो थाहा पाउन हामी जन्मन्छौँ । त्यसकारण हाम्रा अग्रजहरु, हाम्रा ऋषिहरु भन्नुहुन्छ– जे आफूलाई मन पर्दैन । त्यस्तो कर्म कहिलै गर्नु हुँदैन हैन भने त्यही तिमीले भोग्नु पर्छ । आफूलाई मन नपरेको कुरा भोग्नुपर्यो भने हामी दुःख भन्छौँ । आफूलाई मन परेको कुरा भोग्नुपरो भने हामी सुख भन्छौँ । त्यसैले आज हामीले कस्तो कर्म गर्छौं, मन पर्ने गर्छौ या मन नपर्ने गर्छौं, आफूलाई मन नपर्ने व्यवहार अहिले गर्यौं भने यही व्यावहार आफूतिर फर्कन्छ । मैले अरुलाई जस्तो व्यवहार गरे, त्यो व्यवहार गरेको अनुभवले अब अर्कोपटक अरुले त्यो व्यवहार आफूप्रति गरेको अनुभव हुनुपर्छ । हाम्रो भाग्य यसैले बनेको हुन्छ । यसैलाई हामी भाग्य भन्छौँ तर बनाएको चाहिँ हामीले हो ।
हाम्रो चेतना रातलाई पनि थाहा पाउन चाहन्छ दिनलाई पनि थाहा पाउन चाहन्छ । आज दिनको उपभोग गर्यौं भने रातको उपभोग गर्न हाम्रो चेतना लालाहित रहन्छ । हाम्रो स्वभाव त्यस्तो छ विपरीतलाई हामी भोग्न चाहान्छौँ । विपरीतलाई हामी थाहा पाउन चाहान्छौँ । नयाँ खोज्छ हाम्रो मनले, थाहा पाएको त थाहा पाइहाल्यो । थाहा नपाएको चाहिँ थाहापाइ हालौँ भन्ने जिज्ञासाभित्र रहन्छ । यसैको पूर्तिका लागि अर्को जन्म लिन्छौँ । बारबार जन्म लिनुको अर्थ बारबार नयाँ ज्ञान पाउनु हो । एउटा पाटो यो जन्ममा पूरा भो । अर्को पाटोका लागि अर्को जन्म लिनुपर्छ । राम्रो व्यवहार अरुलाई गर्दा फेरि मलाई कस्तो अनुभव भयो यो त थाहा पाइयो । अब अर्को जन्ममा फेरि अरुले आफूलाई राम्रो व्यवहार गर्दा कस्तो हुँदोरैछ, थाहा पाउन हामी जन्मन्छौ । त्यसकारण यो जन्ममा सर्वकल्याणको कर्म गरेको छ भने अर्को जन्ममा सबैले आफ्नो कल्याण गर्दछन् । दुइटै अनुभव लिनुपर्यौ दुईटै कुरालाई भोग्नु पर्यो हामी यहि कुरालाई भोग्नलाई जन्मन्छौ ।
यो पृथ्वी भोगका लागि हो, त्यसैले भनिन्छ देवताहरु पनि मनुष्य योनी लिनलाई लालाहित हुन्छन् । मानिसको जन्म लिनका लागि आतुर हुन्छन् किनभने मनुष्य भएर मात्र भोग भोग्न पाइन्छ र ईश्वर सदासदा भोगमा डुबेको हुन्छ । त्यसैले ईश्वर भोग गर्नका लागि आफै विभाजित भएका छन् । परमात्मा पहिला एउटै थियो भनिन्छ, पछि गएर परमात्माले आफूलाई विभाजित गर्र्यो । यो सबै प्राणीहरु ईश्वरको विभाजित रुप हो । इश्वरको स्वभाव आनन्दमय छ, सुखमय छ, ऊ सुखको भोग गर्न चाहान्छ । भगवान सुखको स्वरुप हो, आनन्दका स्वरुप हो र आनन्द यहीँ मात्रै छ । शरीरलाई छोडिसकेपछि कुनै प्रकारको आनन्दको अनुभव गर्न सकिन्न । सुखको पनि अनुभव गर्न सकिन्न । जीवन उत्सव मनाउनलाई हो । हर क्षण उत्सवमय हुनुपर्छ । हर क्षण आनन्दमय हुनुपर्छ । जीवन उत्सवमय छ, आनन्दमय छ । दुःख भोग्ने अभ्यासले मात्रै हाम्रो जीवनलाई नर्क बनाएको छ । हामी दुःख भोग्नका लागि चाहिँ अभ्यास्त छौँ, दुःख भोग्ने अभ्यास बारबार गरेका छौँ । हामीलाई सबैभन्दा मन पर्ने चाहिँ सुख तर ध्यान चाहिँ हामी दुःखको गर्छौं । हामीले सुख खोजेको हो भने सुखमा ध्यान लगाउनुपर्दछ । हाम्रो ध्यान सदासदा दुःखमा गएको छ । हामीलाई अरुले दुःख दिएको घट्नाको याद हुन्छ तर अरुले सुख दिएको घट्ना याद हँुदैन दुःख भोगेका क्षणहरुको याद छ तर सुख भोगेको क्षणहरुको याद थाहा छैन र जेको याद बढी गर्छौं त्यही प्राप्त हुन्छ । हामी आनन्द स्वरुप हौँ हामी सुखबाट बनेका छौँ । आफ्नो स्वभावमा फर्कने हो भने बारबार सुखको याद गनुपर्छ, सुखको ध्यान गनुपर्छ । सुख पाएको अनुभूति गर्नुपर्छ । सुखको अनुभूतिले जीवनलाई स्वर्ग बनाउँछ अनि स्वर्गको भोग गर्न पाइन्छ । हैनभने भोग्न त आइयो पृथ्वीमा तर सधैँ नर्क मात्र भोग्नुपर्छ । जहिले पनि दुःखको ध्यान गर्ने मानिसले अरुलाई दुःख दिन्छ । जेको ध्यान गरेको छ’ उसले त्यही दिने न हो । त्यसैले सबैलाई दुख दिन्छ आफू पनि दुःख पाउँछ । सुखको ध्यान गर्ने मान्छेले अरुलाई नि सुख दिन्छ र आफू पनि सुखी हुन्छ र जसले अरुलाई सुख दिन्छ अब अरुबाट सुख पाउँदा कस्तो हुँदो रैछ त्यो भोग्नलाई फेरि अर्को पल्ट जन्मन्छ र उसको भाग्य अत्यन्त राम्रो हुन्छ । अर्कोजन्ममा सुखै सुख हुन्छ । त्यसैले हामी सुख भोग्न जन्मन्छौँ ।
अन्ततः हामी मर्छौ, किन मर्छौ भन्दा प्रकृति स्थिर छैन । यो पृथ्वी निरन्तर घुमिरहेको छ । तारामण्डल, नक्षत्र, ग्रह सबै आफ्नो चक्रमा घुमिरहेका छन् र हामी पनि जीवन चक्रमा त्यसैगरी घुमिरहेका छौँ । जन्मियौ, हुर्कियौँ, युवा भयौँ, प्रौड भयौँ, वृद्ध भयौँ अब वृद्ध भइसकेपछि मृत्युमा जानैछ । किनभने वृद्ध शरीर के काम, बाचेर सुख भोग गर्न सकिन्न । यहाँ केही भोग्नका लागि हामी आएका हौँ । अब भोग्ने अवस्थै रहेन, भोग्ने सामथ्र्य रहेन, अब प्रयोजन सकियो ।
शरीरले साथ दिएन, अब भोग्न सकिएन त्यसकारण यो शरीरलाई त्यागिन्छ र फेरि नयाँ शरीर भोग्नकै लागि धारण गरिन्छ । निरन्तर यो भोग्ने क्रम जारि नै रहन्छ । जबसम्म भोग्दा चेतनाको विराट महासागरमा लयबद्ध गरिन्न, आनन्दको महासागरमा आफूलाई एक बनाइन्न तबसम्म जन्म मृत्यु जारि नै रहन्छ र यो भोग जारि नै रहन्छ । नयाँ नयाँ ज्ञानमा हामी प्रवेश गरि नै रहन्छौँ, जन्मनुको मुख्य कारण यही नै हो । अन्ततः जन्म भोगका लागि हो मृत्यु स्वभाविक हो ।
-रातोपाटीबाट सभार