चक्कु प्रहारबाट एक जना वृद्ध गम्भीर घाइते

205

साउन ३,
नवलपरासी । पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर ३ मा चक्कु प्रहारबाट एक जना वृद्ध गम्भीर घाइते भएका छन् ।
बुधबार साँझ साढे ६ बजे पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा–सुगौली क्षेत्रमा रहेको आफ्नै बारीमा घाँस काट्न गएको बेला ६५ वर्षीय सुब्बा अन्सारीलाई स्थानीय दुई जना युवकले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाईते अंसारीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ । चक्कु हान्न संलग्न सोहि गाउँपालिका ३ कै कुश्मा गाउँ बस्ने २० बर्षिय नेसार पवरिया र १९ बर्षिय कृष्ण बहेलियालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको बताइएको छ ।